काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालको विजयी सुरुवात

हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

हेल्प नेपाल स्पोर्ट्स क्लबले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसीप प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रतियोगिताअन्तर्गत आइतबार सुरु उद्घाटन खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले जित्यो।

त्यसपछिको दोस्रा सेटमा हेल्प नेपालले क्यालिकट हिरोजसँग २५–२० ले गुमायो।

यस्तै, तेस्रो सेट पनि हेल्प नेपालले क्यालिकट हिरोजसँग २५–२२ ले हार्न पुग्यो।

त्यसपछि, चौथो सेट हेल्प नेपालले २६–२४ को कठिन जित निकाल्यो।

अन्तिम तथा पाँचौ सेटमा हेल्प नेपालले १५–१० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालको विजयी सुरुवात
हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो

हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष भलिबल क्लब च्याम्पियनसीप प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
प्रतियोगिता अन्तर्गत आइतबार सुरु उद्घाटन खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलको पहिलो सेट हेल्प नेपालले २५–२२ ले जित्यो।
त्यसपछिको दोस्रा सेटमा हेल्प नेपालले क्यालिकट हिरोजसँग २५–२० ले गुमायो।
यस्तै, तेस्रो सेट पनि हेल्प नेपालले क्यालिकट हिरोजसँग २५–२२ ले हार्न पुग्यो।
त्यसपछि, चौथो सेट हेल्प नेपालले २६–२४ को कठिन जित निकाल्यो।
अन्तिम तथा पाँचौ सेटमा हेल्प नेपालले १५–१० को सहज जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

काभा पुरुष च्याम्पियनसीपमा नेपालसहित ४ देशका ५ क्लब सहभागी छन्।

८ दिनसम्म चल्ने च्याम्पियनसीपमा कूल १४ खेल हुनेछन्।

लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन्।

लिगको शीर्ष टिमले तेस्रो स्थानको टोलीसँग फाइनलका लागि सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, दोस्रो स्थानमा आउने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग फाइनलका लागि सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

खेल तालिकाअनुसार मंसीर २९ गते फाइनल खेल हुनेछ।