काभा पुरुष क्लब भलिबलमा माल्दिभ्सको एचडीसीे विजयी

एचडीसीले घरेलु गण्डकी भलिबल संघलाई ३–२ को सेटमा हरायो

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

माल्दिभ्सको एचडीसीले सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसीपमा विजयी सुरुवात सुरुवात गरेको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हरायो।

लगातार पहिलो र दोस्रो सेटमा जीत निकालेको गण्डकीले त्यसपछिको लगातार ३ सेट गुमायो।

गण्डकीले पहिलो सेटमा २५–१८ को जित निकालेको थियो।

गण्डकीले दोस्रो सेट पनि २५–२३ ले जितेको थियो।

त्यसपछिका ३ वटै सेट गण्डकीले गुमायो।

माल्दिभ्सको क्लब एचडीसीले त्यसपछिको लगातार ३ वटै सेटमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्न सफल बन्यो।

एचडीसीले प्रतिस्पर्धात्मक तेस्रो सेटमा २५–२३ ले जीत निकाल्यो।

अत्यन्तै रोमाञ्चक बनेको चौथो सेटमा पनि एचडीसीले ३०–२८ को कठिन जित निकाल्यो।

प्रतिस्पर्धात्मक अन्तिम तथा पाँचौ सेटमा पनि एचडीसीले गण्डकीले १५–१३ ले हरायो।

प्रतियोगिताअन्तर्गत सोमबार पनि २ खेल हुनेछन्।

काभा पुरुष च्याम्पियनसीपमा नेपालसहित ४ देशका ५ क्लब सहभागी छन्।

८ दिनसम्म चल्ने च्याम्पियनसीपमा कूल १४ खेल हुनेछन्।

लिगमा उत्कृष्ट हुने शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन्।

लिगको शीर्ष टिमले तेस्रो स्थानको टोलीसँग फाइनलका लागि सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, दोस्रो स्थानमा आउने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग फाइनलका लागि सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

खेल तालिकाअनुसार मंसीर २९ गते फाइनल खेल हुनेछ।