काभा पुरुष भलिबलमा इरान यु–१८ को विजयी सुरूवात

इरानको १८ वर्ष मुनिको टोलीले माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ ले हरायो

जनसम्मत
मंसिर २३, २०८१, आइतबार

काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपमा इरानको यु–१८ को युवा टोलीले विजयी सुरुवात गरेको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–२ को सेटमा हरायो।

यो जितसँगै १ खेल खेलेको इरानको यु–१८ का युवा टोलीले २ अंक जोडेको छ।

इरानको यु–१८ युवा टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेकोे थियो।

इरानको यु–१८ को युवा टोलीले त्यसपछिका लगातार २ सेट गुमायो।

माल्दिभ्सको एचडीसीले दोस्रो सेटमा २२–२५ ले जित्यो।

यसैगरी, एचडीसीले तेस्रो सेट २३–२५ ले जीत निकाल्यो।

चौथो सेटमा इरानको युवा टोलीले २५–२० ले जित्यो।

पाँचौं तथा अन्तिमको निर्णायक सेटमा इरानी युवा टोली १५–१३ ले विजयी बन्यो।

यसअघि, आइतबार नै माल्दिभ्सको एचडीसीले नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ ले हराएको थियो।

यस्तै आइतबारकै पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले गण्डकीलाई ३–१ ले हराएको थियो।