एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सको तेस्रो हार

कर्णाली याक्सले पोखरालाई ७ विकेटले हरायो

जनसम्मत
मंसिर २५, २०८१, मंगलवार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले चौथो हार ब्यहोरेको छ।

पोखरा एभेन्जर्सको आफ्नो पाँचौ खेलमा मंगलबार कर्णाली याक्ससँग ७ विकेटले पराजित बनेको हो।

काठमाण्डौको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो।

कर्णालीका लागि सर्बाधिक गुल्सन झाले अविजित ४९ रन बनाए।

यस्तै, चाडविक वाल्टनले ४२ रन जोडे।

पोखराका विपिन कार्की र सागर ढकालले समान १÷१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको पोखरा १६ ओभर ३ बलमा १०३ रनमा अलआउट भयो।

पोखराका दिनेश खरेलले सर्बाधिक २६ रन बनाए।

यस्तै, आन्द्रेस गौसले २५ रन जोडे।

कर्णालीका विलियम बोसिस्टोले ६ विकेट लिए।

यसैगरी, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान १÷१ विकेट लिए।

आजको जीतसँगै कर्णाली ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ।

उता, पोखरा ४ खेलबाट छैटौं स्थानमा छ।

यसअघि, पोखरा एभेन्जर्सले आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

त्यसअघि, पोखरा एभेन्जर्स आफ्नो दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटले हारेको थियो।

आफ्नो पहिलो खेलबाट खराब प्रदर्शन गरेको पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित बनेको थियो।

नेपाल प्रिमियर लिग (एनपीएल) मा भोलि बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी, दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ।