पत्रकार महासंघ कास्कीको निर्वाचनमा सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ।
महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो।
महासंघको कास्कीमा यो २ प्यानलबीच कडा प्रतिस्पर्धा भएको थियो।
महासंघ कास्कीको २२३ सस्दस्य (मतदाता) मध्ये २१० मत खसेकोमा चौतारी–युनियन प्यानलले विपक्षी प्यानल प्रेस सेन्टर नेपालको प्यानलभन्दा झिनो मतान्तरले विजयी हासिल गरेको हो।
जसमध्ये अध्यक्षमा माधव बरालले राजेन्द्र अधिकारी भन्दा ९ मतले विजयी हासिल गरे।
बराल प्रेस चौतारी र अधिकारी प्रेस सेन्टर नेपालसम्बद्ध पोखराका कृयाशील पत्रकार हुन्।
चौतारी–युनियन प्यानलका बरालले १०५ मत ल्याउँदा अधिकारीले ९६ मत प्राप्त गरे।
उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपाल गठबन्धन प्यानलका श्रीराम सिग्देलले भन्दा चौतारी–युनियन प्यानलका माधवप्रसाद रेग्मीले १३ बढि मतले जीत हासिल गरे।
रेग्मीले ९० र सिग्देलले ७७ मत प्राप्त गरे।
रेग्मी प्रेस युनियन र सिग्देल समाजवादी प्रेस संगठनमा आबद्ध छन्।
उपाध्यक्षकै अर्का स्वतन्त्र उम्मेदवार कमल पौडेल ‘अथक’ले ३५ मत प्राप्त गरे।
‘अथक’ प्रेस युनियन आबद्ध भएपनि उनले सो संगठनबाट विद्रोह गर्दै श्रमजीवी र कृयाशील पत्रकारहरुको पक्षमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका थिए।
त्यसैगरी, महिला उपाध्यक्षमा १०९ मतसहित कञ्चन थापा निर्वाचित भइन्।
उनी चौतारी–युनियन प्यानलबाट निर्वाचित भएकी हुन्।
उनी प्रेस चौतारी नेपालमा आवद्ध छिन्।
निकटतम् प्रतिद्वन्द्वी बिना थापामगर (बिनु) ले ८७ मत ल्याइन्।
बिनु, प्रेस सेन्टर नेपालकी सकृय सदस्य हुन्।
त्यसैगरी, सचिवमा भूपाल गुरुङ विजयी बनेका छन्।
प्रेस युनियन सम्बद्ध गुरुङ चौतारी–युनियन प्यानलबाट १०२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी सन्देश श्रेष्ठले ९८ मत प्राप्त गरे।
सह–सचिव (समावेशी) मा चौतारी–युनियन प्यानलकै धनबहादुर गुरुङ ‘सुमन’ले विजयी हासिल गरेका छन्।
सुमन, १२६ मतसहित निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी दिलप्रसाद गुरुङले ७२ मत ल्याए।
सह–सचिव (खुल्ला) मा चौतारी–युनियन प्यानलकै मधु अधिकारी निर्वाचित भए।
मधुले ११८ मत ल्याउँदा उनका निकतम् प्रतिद्वन्द्वी श्रीभद्र पौडेलले ८० मत ल्याए।
कोषाध्यक्षमा चौतारी–युनियन प्यानलकै राजाराम पौडेल निर्वाचित भए।
पौडेलले ११७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुरेस अधिकारीले ८० मत प्राप्त गरे।
यसैगरी, महिला सदस्यमा प्रेस सेन्टरको प्यानलबाट कविता घर्तिमगर विजयी बनिन्।
कविताले १०१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी देविका तामाङले ९४ मत ल्याइन्।
दलित सदस्यमा चौतारी–युनियन प्यानलकै सुरेस सुनार निर्वाचित भए।
सुरेसले १४३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सन्तोष परियारले ५१ मत ल्याए।
यसअघि, सदस्य (आदिवासी/जनजाति) मा पुनम थापामगर निर्विरोध निर्वाचित भइसकेकी थिइन्।
यसअघि नै सदस्य समावेशीमा सूर्य परियार निर्विरोध निर्वाचित भइसकेका छन्।
पुनम र सूर्य दुबै चौतारी–युनियन प्यानल आबद्ध हुन्।
त्यस्तै, पत्रकार महासंघ कास्कीको ९ अन्य सदस्यहरुमा अर्जुन (शुशान्त) गाहामगर (१५१), गौरव त्रिपाठी (१४३), राजु गिरी (१३२), बालकुमारी पौडेल ‘तारा’ (१२९), सन्तोष सुवेदी (१२८), रिखिराम जि.सी. (११७), तुलसीराम सुवेदी (१०७), निराजन अधिकारी (१०६) र पुष्पराज दाहाल (१०४) मतसहित निर्वाचित भएका छन्।
प्रेस सेन्टर नेपाल प्यानलका दाहालबाहेक विजयी अन्य सबै चौतारी–युनियन प्यानलबाट उम्मेदवार बनेका थिए।
कास्की पत्रकार महासंघबाट ५ राष्ट्रिय परिषद सदस्यमा आरजु बिष्ट सल्यानी (मोहनकुमार बिष्ट १२४), दिननाथ बराल (११६), कृष्णमणि बराल (१०९), भरत कोइराला (१०८) र राजबहादुर गुरुङ (१०८) मतसहित निर्वाचित भएका छन्।
प्रेस सेन्टर नेपालसँग आबद्ध दिननाथ बरालबाहेक अन्य सबै चौतारी–युनियन प्यानलबाट सिफारिस गरिएका उम्मेदवारहरु हुन्।