पत्रकार महासंघ गण्डकीको निर्वाचनमा पनि सत्ता साझेदार नेपाली काँग्रेससम्बद्ध प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी प्यानल विजयी बनेको छ।
महासंघको निर्वाचनमा प्रेस सेन्टर नेपाल–समाजवादी प्रेस संगठनको साझा गठबन्धनको प्यानलसँगको चुनावी प्रतिस्पर्धामा यो प्यानलले बाजी मारेको हो।
महासंघ गण्डकीमा पनि यो २ प्यानलबीचकै कडा प्रतिस्पर्धा थियो।
नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा रमेश पौडेल अध्यक्षमा निर्वाचित भएका छन्।
उनले अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीलाई २२३ मतान्तरले पराजित गर्दै आगामी ३ वर्षका लागि महासंघको कार्यकालका लागि निर्वाचित भएका हुन्।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबाट साझा उम्मेदवार पौडेलले ४०१ मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी प्रेस सेन्टर, समाजवादी प्रेस संगठनबाट उम्मेदवार बनेका सुवेदीले १७८ मत प्राप्त गरे।
गण्डकी प्रदेशभरका अन्य जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारीकै साझा गठबन्धनका उम्मेदवारले चुनाव जितेका छन्।
उपाध्यक्षमा प्रकाश पौडेल (४०२) मतसहित विजयी बनेका छन्।
उनका प्रतिस्पर्धी यदुनाथ बञ्जाराले १६५ मत प्राप्त गरे।
उपाध्यक्ष (महिला) पनि युनियन–चौतारी प्यानलकै मायाकुमारी अधिकारी विजयी बनेकी छिन्।
अधिकारी ४०९ मतसहित उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
उनका प्रतिस्पर्धी प्रेस सेन्टर–समाजवादी प्रेस संगठन प्यानलकी कमला खत्री केसीले १४६ मत ल्याइन्।
महासचिवमा पनि युनियन–चौतारी प्यानलकै जमुना वर्षा शर्मा (३४७) मतसहित निर्वाचित भएकी छिन्।
महासचिवका प्रत्यासी दिपक परियारले २३१ मत ल्याए।
सचिवमा यसै प्यानलबाट भविश्वर पाण्डे (३७८) मतसहित निर्वाचित भए।
सचिव (समावेशी) मा रोशनी गुरुङ (४२०) मतसहित निर्वाचित भएकी छिन्।
कोषाध्यक्षमा रमेश बस्ताकोटीले ३४५ मत ल्याएर निर्वाचित भएका छन्।
खुला सदस्यहरुमा विजय नेपाल (४५९), गणेश पहारी (४१६), जनक श्रेष्ठ (३९८), छविलाल पाण्डे (३९०), श्रीकृष्ण सिग्देल (३८४), ध्रुवराज सुवेदी (३७८), रोशन लामिछाने (३४५) र शेखर थापा (३८४) मतसहित निर्वाचित भएका छन्।
सदस्य (खुल्ला महिला) मा ज्योति हमाल (४३४), सपना अधिकारी (४१६) र रञ्जिता शर्मा (३९४) मतसहित निर्वाचित भएका छन्।
सदस्य (दलित) मा विजय नेपाली (४०९) मतसहित निर्वाचित भएका छन्।
सदस्य (आदिवासी/जनजाति) मा पदम श्रेष्ठ (४०४) र मञ्जुल शाक्य (३६०) मतसहित निर्वाचित भएका छन्।
गण्डकी प्रदेशअन्तर्गत (गोरखा बाहेक) शुक्रबार मतदानको अन्तिम मतपरिणाम शनिबार दिउँसो निर्वाचन समिति संयोजक कोमलनाथ बरालले पोखरास्थित महासंघ प्रदेश कार्यालयमा सार्वजनिक गरेका हुन्।