स्याङ्जाको चापाकोटमा जिल्ला प्रशासनको सार्वजानिक सुनुवाई

चापाकोट नगर प्रमुख खाँण भन्छन्, ‘भूगोलका हिसावले प्रशासनिक सेवा नागरिकमैत्री हुनु जरूरी छ’

जनसम्मत
भाद्र ७, २०८१, शुक्रबार

स्याङ्जाको चापाकोट नगरपालिकामा सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाले संयुक्तरूपमा सो नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो।

सार्वजानिक सुनुवाई कार्यक्रममा प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय, जिल्लाको शान्ति सुरक्षा, लागुओैषध दुरूपयोगसम्वन्धी विषयमा स्थानीय नागरिकवीच छलफल भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफू जिल्लामा आए यता धेरै सुधारका उल्लेख्य कामहरु भएको जिकिर गरिन्।

‘सुशासन र सार्वजनिक सेवा प्रवाहको सवालमा नागरिकमैत्री रहेर आफूले परिवर्तन ल्याउन खोजेको छु’, प्रजिअ नेपालको जिकिर थियो।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख शालिकराम शर्मा पौडेलले जिल्लाको शान्ति सुरक्षाको विषयमा प्रहरी २४ घण्टा नै जागरुक रहेको उल्लेख गरे।

प्रहरीले समाजमा हुने गरेका विकृति र विसंगति हटाउनसमेत लागिपरेको प्रहरी प्रमुख पौडेलको जिकिर थियो।

‘युवा पुस्तामा वढ्दो लागुपदार्थको दुव्र्यसनी, लागुओैषध प्रयोग तथा ओसार पसारका विषयमा प्रहरी निकै सक्रियताका साथ लागेको छ। यो अभियानमा नागरिकको समेत साथ र सहयोगको अपेक्षा गरेको छु’, उनले भने।

कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख देववहादुर खाँण ‘ईश्वर’ले भूगोलका हिसावले प्रशासनिक सेवा नागरिकमैत्री हुनु जरूरी रहेको औंल्याए।

प्रमुख खाँणले स्थानीय तह र प्रशासनको समन्वय अनुरूप काम गर्न आग्रह गरे।

उनले भने, ‘नागरिकको हक अधिकार संरक्षण गर्नु हामी सवैको कर्तव्य हो। तसर्थ, नागरिक सन्तुष्टि हुनेगरी सवै मिलेर काम गरौ।’

चापाकोट नगरपालिका सिटिहलमा सार्वजानिक सुनुवाई कार्यक्रम भएको थियो।

जनहित मा.वि. दामाचौरमा लागुओैषध सम्वन्धी सचेतनामुलक कार्यक्रम भएको थियो।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको सभापतित्वमा कार्यक्रम भएको हो।