एन्फा कास्की–११ आदर्श कप च्याम्पियन

फाइनलमा कास्की–११ ले सशस्त्र प्रहरी बल, एपीएफ गण्डकी प्रदेशलाई २–१ ले हरायो

जनसम्मत
मंसिर ३०, २०८१, आइतबार

एन्फा कास्की २५ औं आदर्श कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

लेखनाथको भण्डारढिकस्थित लेखनाथ रंगशालामा शनिबार फाइनलमा सशस्त्र प्रहरी बल गण्डकी प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै कास्की च्याम्पियन बन्न सफल भएको हो।

खेलको ४६ औं मिनेटमा सशस्त्रका प्रवीन स्याङ्तानले गोल गर्दै टिमलाई अग्रता दिलाए।

८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याए।

त्यसलगत्तै, ८७ औं मिनेटमै कास्कीका संगम ठकुरीले दोस्रो गोल थप्दै जीत सुनिश्चत गरे।

प्रतियोगिताको सुरु खेलदेखि उत्कृष्ट प्रदर्शन गरेको सशस्त्र एपीएफले बारम्बार पाएको असलाई गोल गर्न मौकालाई नसक्दा उपविजेतामा चित्त बुझायो।

च्याम्पियन कास्कीले उपाधिसँगै नगद ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार जित्न सफल बन्यो।

उपविजेता सशस्त्र प्रहरी बल, एपीएफ गण्डकी प्रदेशले २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार हात पारेको छ।

विधागततर्फ, कास्की–११ का अनिष तामाङ ‘बेस्ट प्लेयर’ घोषित भए।

सशस्त्रका प्रवीन साङ्तान ‘हाइस्कोर’ बने।

कास्की–११ का आयुष गुरुङ उत्कृष्ट गोलरक्षक बने।

सशस्त्र एपीएफका सन्तोष श्रेष्ठ ‘उत्कृष्ट डिफेन्डर’ घोषित भए।

कास्की–११ का अंकित गुरुङ ‘उत्कृष्ट मिडफल्डर’ घोषित भए।

कास्कीका योगेन्द्र थकाली ‘उत्कृष्ट प्रशिक्षक’ बने।

विधागततर्फको उत्कृष्ट खेलाडीहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार पाए।

प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता थियो।

संघीय सांसद मनबहादुर गुरुङ, आयोजक आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ, क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङलगायतले खेललाई विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।

‘निरन्तरता हाम्रो प्रतिवद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मूल नाराका साथ संचालित प्रतियोगितामा शौर्य सिमेन्ट मुख्य प्रायोजक थियो।