राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवनमा पहिलो दिनको बयान सकिएको छ।
सहरा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहिलो दिनको बयान बुधबार सकिएको हो।
चितवनको सहारा सहकारीको रकम ठगीको मुद्दामा रविको बयान बुधबार बेलुका ८ बजे सकिएको हो।
उनको चितवनस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो।
चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेल र जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत डीएसपी ज्ञानकुमार महतोले लामिछानेको बयान लिएका थिए।
सहकारीको रकम हिनामिनाको आरोपमा बयानको लागि चितवन लगिएका लामिछानेलाई पहिलो िदिन २६ वटा प्रश्नहरु सोधिएको थियो।
जसमध्ये, पहिलो दिन आज मंगलबार २६ वटाको मात्रै जवाफ लिन भ्याइएको हो।
बाँकी बयान भोलि बुधबार लिने बताइएको छ।
सरकारी वकिलको कार्यालयले उनका लागि ६५ वटा प्रश्नहरु तयार गरेको थियो।
उनलाई आज मंगलबार बिहान काठमाडौंबाट चितवन लगिएको हो।