रबि लामिछानेलाई रातारात पोखरा ल्याइयो

बुधबार, अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको थियो

जनसम्मत
मंसिर २०, २०८१, बिहीवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गएराति पोखरा ल्याइएको छ।

सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिँजो बुधबार अबेर बयान सकिएपछि राति ३ः३० बजे पोखरा ल्याइएको हो।

हिजो बुधबार दिउँसो लामिछानेको बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए।

सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो।

आज बिहीबार पनि प्रदर्शन हुनसक्ने भएकोले लामिछानेलाई राति नै पोखरा ल्याइएको हो।

चितवनको सहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछाने प्रहरी हिरासतमा छन्।

सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछानेलाई हिँजो मंगलबार बिहान मात्रै काठमाडौंबाट सिधै चितवन ल्याइएको थियो।

उनलाई यहाँ ल्याउनेबित्तिकै पहिलो दिन करिव ५ घण्टा बयान लिइएको थियो।

लामिछानेसँग हिँजो मंगलबार र आज बुधबार गरी चितवनमा २ दिनसम्म बयान लिइएको थियो।

लामिछानेसँग २ दिनमा ७४ वटा प्रश्नहरुमा बयान लिइएको हो।

पहिलो दिन मंगलबार लामिछानेसँग २६ प्रश्नहरु सोधिएको थियो।

दोस्रो दिन आज बुधबार लामिछानेसँग ४८ वटा प्रश्नहरु सोधिएको थियो।

यसअघि, सरकारी वकिलको कार्यालय चितवनले लामिछानेका लागि ६५ वटा प्रश्नहरु तयार पारेको थियो।

लामिछानेको बयान सकिए पनि आज बुधबार जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने चितवन प्रहरी स्रोतले बताएको थियो।