२० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेका छन्।
लेखनाथ उद्योग वाणिज्य संघले यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्मका लागि २० औं संस्करणको महोत्सव आयोजना गर्दैछ।
महोत्सवमा रहने ३३६ वटा स्टलमध्ये सोमबारसम्म २५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिएका छन्।
पहिलो चरणमा संघका सदस्यहरुका लागि लक्षित गरी मंसीर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो।
त्यसैगरी, अन्य व्यवसायीहरुका लागिसमेत स्टल बुकिङ खुल्ला गरिएको थियो।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि ‘महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइएको छ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा इलेक्ट्रिकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तीय संघ–संस्थाहरु, डेरी तथा फलफूल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन्।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यस २० औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ।
सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी रहेको छ।
प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन्।