एनपीएल क्रिकेटमा जनकपुरको अपराजित यात्रामा विराम लाग्यो

जनकपुर बोल्ट्स सूदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित

जनसम्मत
मंसिर २६, २०८१, बुधबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सको ४ खेलको अपराजित यात्रा टुंगिएको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा जनकपुर सूदूरपश्चिम रोयल्सँग ७२ रनले पराजित भयो।

सूदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट बन्यो।

एनपीएलमा यो सबैभन्दा कम योगफल हो।

यसअघि, चितवन राइनोजसँगको खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएको थियो।

जनकपुरका जोशुआ ट्रम्पले सर्वाधिक १३ रन बनाए।

जनकपुरका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सूदूरपश्चिमका हरमित सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान २/२ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको सूदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनायो।

सूदूरपश्चिमका विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए।

जनकपुर बोल्ट्सका किशोर महतोले ४ विकेट लिए।

यो जीतसँगै सूदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सूदूरपश्चिमले ५ खेलबाट ८ अंक जोडेको छ।

जनकपुरले पनि ५ खेलबाट ८ अंक नै जोडेको छ।

तर, जनकपुर नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।