हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार जीत निकाल्दै काभा पुरुष भलिबल क्लब च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ।
कमाठमाण्डोंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको अन्तिम खेलमा हेल्प नेपालले माल्दिभ्सको एचडीसीलाई ३–१ को सेटमा हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो।
प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो।
जीतसँगै हेल्प नेपालले ३ खेलबाट ८ अंक जोडेको छ।
यसअघि, हिँजोको पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई हराउँदै इरानको यु–१८ जुनियर टोलीले सेमिफाइनलमा स्थान बनाइ सकेको छ।
प्रतियोगितामा भोली पनि २ खेल हुँदैछन्।
पहिलो खेल इरानको यु–१८ को जुनियर टोली र हेल्प नेपालबीच हुनेछ।
काठमाण्डौंको त्रिपुरेश्वरस्थित रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ।
यसैगरी, भोली नै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ।
प्रतियोगितामा नेपाललगायत भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ।
फाइनल खेल पर्सि मंसीर २९ गते शनिवार हुनेछ।