एनपीएल क्रिकेटमा जनकपुर एक खेलअगावै ‘प्ले–अफ’ मा पुग्यो

जनकपुर बोल्ट्स जारी एनपीएलको ‘प्ले–अफ’ मा पुग्ने पहिलो टोली बन्यो

जनसम्मत
मंसिर २७, २०८१, बिहीवार

जनकपुर बोल्ट्स एक खेल अगावै फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ।

काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको हो।

जनकपुर जारी एनपीएलको ‘प्ले–अफ’ मा पुग्ने पहिलो टोलीसमेत बनेको छ।

काठमाडौँको पनि ‘प्ले–अफ’ पुग्ने संभावना कायमै छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको १०२ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो।

जनकपुरका जेम्स नीशमले सर्बाधिक २७ रन बनाए।

त्यसैगरी, हर्ष ठाकरले नटआउट २५ रन जोडे।

ओपनर लाहिरु मिलान्थाले १६ रन थपे।

मोहमद मोसिनले अविजित अविजित १३ रन बनाए।

कप्तान अनिल शाहले ११ रन जोडे।

काठमाण्डौका कप्तान करण केसीले २ विकेट लिए।

शाहब आलम, दीपेश कडेल र जेरार्ड इरसमसले समान १/१ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर ३ बलमा १०१ रनमा अलआउट भयो।

काठमाण्डौका गेरहार्ड इरस्मसले सर्बाधिक २० रन बनाए।

कप्तान करण केसीले १९ रन जोडे।

स्टेफन स्किनजीले १७ रन थपे।

जनकपुरका ललित राजवंशी र शेर मल्लले ३/३ विकेट लिए।

ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए।

मोहमद मोसिमले २ विकेट झारे।

किशोर महतो र अरनिको यादवले १/१ विकेट लिए।

यो जीतसँगै जनकपुर ६ खेलबाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

काठमाण्डौ ५ खेलबाट ४ अंकसहित पाँचौं स्थानमा छ।