एनपीएल क्रिकेटमा विराटनगर किङ्सको दोस्रो जीत

विराटनगरले चितवन राइनोजलाई ५१ रनले हरायो

जनसम्मत
मंसिर २८, २०८१, शुक्रबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले दोस्रो जीत हात पारेको छ।

काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगरले चितवन राइनोजलाई ५१ रनले हराएको हो।

विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो।

चितवनका अमर रौटेलाले सर्बाधिक ४२ रन बनाए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो।

विराटनगरका बसिर अहमदले नटआउट ६८ रन बनाए।

मार्टिन गुप्टिलले ४५ जोडे।

राजेश पुलामीले नटआउट ३३ रन थपे।

चितवनका रिजन ढकालले २ विकेट लिए।

यो जीतसँगै विराटनगर ६ खेलबाट ४ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ।