भारतको क्यालिकट हिरोज काभा पुरुष क्लब भलिबलको फाइनलमा

क्यालिकट हिरोजले पहिलो सेमिफाइनलमा इरानको यु–१८, जुनियर युवा टोलीलाई ३–१ को सेटमा हरायो

जनसम्मत
मंसिर २८, २०८१, शुक्रबार

भारतको क्यालिकट हिरोजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसीपको फाइनलमा फाइनलमा स्थान बनाएको छ।

क्यालिकटले लिग चरणमा अपराजित रहेको इरानको युवा टोलीमाथि ३–१ को सेटमा जीत निकाल्दै फाइनल पुगेको हो।

क्यालिकट हिरोजले इरानको यु–१८ को जुनियर टोलीलाई २१–२५ को अंकमा पहिलो सेट सुम्प्यो।

क्यालिकट हिरोज, दोस्रो सेटबाट खेलमा फर्कदैँ २५–२२ ले इरानको यु–१८ को जुनियर युवा टोलीमाथि जीत निकाल्यो।

त्यसैगरी, तेस्रो सेटमा पनि क्यालिकट हिरोजले इरानी यु–१८ टोलीमाथि २५–२० को अंकमा सहज जीत निकाल्यो।

अत्यन्तै रोमाञ्चक चौथो सेटमा क्यालिकट हिरोजले इरानको यु–१८ को जुनियर युवा टोलीमाथि २६–२४ को कठिन जीत निकाल्दै टोलीलाई फाइनल यात्रा गरायो।

लिग चरणका ४ खेलबाट ७ अंक जोडेको क्यालिकट तेस्रो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको थियो।

लिग चरणमा क्यालिकटले नेपाली टोली हेल्प नेपाल स्पोर्टस क्लबसँग ३–२ र इरानको युवा टोलीसँग ३–० को सोझो सेटमा हार ब्यहोरेको थियो।

त्यसपछि, क्यालिकट हिरोजले माल्दिभ्सको एचडीसीमाथि ३–१ को सेटमा विजयी बनेको थियो।

क्यालिकटले अन्तिम खेलमा गण्डकी प्रदेशको भलिबल संघलाई ३–० को सोझो सेटमा हराएको थियो।

इरानको यु–१८ जुनियर युवा टोली ४ वटै खेलमा अविजित रहँदै सेमिफाइनल प्रवेश गरेको थियो।

क्यालिकटले शनिबार हेल्प नेपाल र एचडीसीबीचको विजेतासँग उपाधिका लागि फाइनल खेल्नेछ।

फाइल तस्बीर