पत्रकार महासंघ केन्द्रमा पनि सत्ता साझेदार राजनीतिक पार्टी नेपाली काँग्रेस र नेकपा एमालेको पत्रकार घटकहरु प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानल विजयी बनेको छ।
यस पटकको महासंघ केन्द्रको निर्वाचनमा दुई ठूला पत्रकार घटकबाट बनेको संयुक्त प्यानलकी उम्मेदवार निर्मला शर्मा विजयी बनेकी हुन्।
शर्मा नेपाल प्रेस युनियनकी हुन्।
यस पटक युनियन र चौतारी गठबन्धन गर्दा केन्द्रको अध्यक्ष पद युनियनको भागमा परेको सहमति बनेको थियो।
अध्यक्षमा शर्माको यो जीतसँगै नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व आएको छ।
शर्माले ४ हजार २ सय ८२ मतसहित पत्रकार महासंघको अध्यक्ष पदमा निर्वाचित भइन्।
उनका निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ०३ मत ल्याए।
प्रेस सेन्टरको प्यानलसँग विष्टको चुनावी गठबन्धन थियो।
विष्ट प्रेस युनियन सम्बद्ध हुन्।
यद्यपी, उनी युनियनबाटै अध्यक्ष पदका लागि बागी प्रत्यासी बनेका हुन्।
उनी, यसअघि पत्रकार महासंघकै केन्द्रीय उपाध्यक्ष थिए।
केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको पदहरुमा पनि अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।
कोषाध्यक्षमा रामकृष्ण अधिकारीबाहेक बाँकी सबै पदाधिकारी सदस्यहरु युनियन–चौतारी प्यानलले नै हत्याएको छ।
कोषाध्यक्षमा अधिकारीले (३८४७) मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण ज्ञवालीले (३४६४) मत ल्याए।
रामकृष्ण अधिकारी, विष्ट प्यानलका प्रेस सेन्टरसम्बद्ध उम्मेदवार हुन्।
वरिष्ठ उपाध्यक्षको पदमा शर्मा प्यानलबाटै दीपक आचार्य (४२३०) मतसहित निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८ सय ८६ मत ल्याए।
यसैगरी, महिला उपाध्यक्ष पदमा नितु पण्डित (४७०५) मतसहित निर्वाचित भइन्।
महिला उपाध्यक्षमै निकटतम प्रतिद्वन्द्वी गंगा पौडेल (बराल) ले २ हजार ६ सय ४४ मत ल्याइन्।
उपाध्यक्ष समावेशीतर्फ उम्मिदप्रसाद बागचन्द (४२९२) मतसहित निर्वाचित भए।
यसैगरी, महासचिवमा रामप्रसाद दाहाल (४०८४) मतसहित निर्वाचित भएका छन्।
यस्तै, सचिव खुल्लामा रमेश खतिवडा (३४००) मतसहित निर्वाचित भएका छन्।
सचिव महिलामा सोनी शर्मा (४३४७) मतसहित निर्वाचित भइन्।
त्यसैगरी, सचिव (आदिवासी/जनजाती) मा सविन प्रियासन (३५३५) मतसहित निर्वाचित भएका छन्।
सचिव मधेशीमा अशोककुमारी तिवारी (३८५८) मतसहित निर्वाचित भए।
त्यस्तै, सचिव दलितमा प्रकाश द्यौलाकोटी (४११०) मतसहित निर्वाचित भए।
सचिव एशोसिएटमा बैकुण्ठ पराजुली (३६४५) मतसहित निर्वाचित भए।
प्रदेश तहबाट केन्द्रीय सदस्यहरुमा कोशी प्रदेशबाट कमल रिमाल ‘कमलमणि रिमाल’ (५२७) र शंकर खरेलले (४४२) मत ल्याएर विजयी बनेका छन्।
त्यसैगरी, मधेश प्रदेशबाट केन्द्रीय सदस्यका लागि राजेशकुमार कर्ण (३७६) र राजु विश्वकर्मा (२९७) मतसहित निर्वाचित भएका छन्।
यसैगरी, बागमति प्रदेशबाट (उपत्यकाबाहेक) केन्द्रीय सदस्यका लागि नारायणप्रसाद अधिकारीले (४५०) र नवराज पथिकले (३६८) मत ल्याएर निर्वाचित भएका छन्।
यसैगरी, गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका लागि केबी राना (३८१) र कृष्ण केसी (३३०) मतसहित निर्वाचित भए।
यस्तै, लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यका लागि रामराज पोख्रेलले (५६०) र विकास बञ्जाडेले (४७३) मत ल्याएर विजयी बनेका छन्।
कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यका लागि नगेन्द्रप्रसाद उपाध्याय (३२१) र तुलाराम पाण्डे (२८८) मतसहित निर्वाचित भएका छन्।
त्यसैगरी, सूदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यका लागि योगेन्द्रबहादुर बलायरले (३९७) र सुरेस पन्तले (३००) मत ल्याएर विजयी बनेका छन्।
उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यका लागि सूर्य सुवेदी (६६८) मतसहित विजयी भए।
यसैगरी, प्रतिष्ठान प्रदेशबाट केन्द्रीय सदस्यका लागि सबिता शर्मा (४८७) र बीरेन्द्र ओली (४००) मतसहित निर्वाचित भएका छन्।
संस्थागत प्रदेश एशोसिएटबाट केन्द्रीय सदस्यका लागि मनुका कुँवर (३०१) र पवित्रा मुडभरी (२०९) मतसहित निर्वाचित भएका छन्।
यस्तै, केन्द्रीय खुल्ला सदस्यहरुमा लवदेख ढुंगाना (३८३०), मुकुन्दप्रसाद भण्डारी (३७२१), रामेश्वर कार्की (३६३०), भुपेन्द्र आचार्य (३५८२), छविलाल तिवारी (३४७०), निर्वाचित भएका छन्।
त्यसैगरी, मधेशी (महिला) सदस्यमा रुबिकुमारी रौनियार (४१८५) मतसहित निर्वाचित भएकी छिन्।
महिला (आदिवासी/जनजाति) केन्द्रीय सदस्यमा माला पालुङ्वा (३७३७) मतसहित निर्वाचित भएकी छिन्।
यस्तै, महिला (खस–आर्य) बाट केन्द्रीय सदस्यमा लिला शाह योगी (३८१०) मतले निर्वाचित भएकी छिन्।
महिला (दलित) बाट केन्द्रीय सदस्यका लागि रिता बुढाथोकी र साबित्री रसाइली यसअघि निर्विरोध निर्वाचित भइसकेक छन्।
त्यस्तै, दलित सदस्यमा सिकेन्द्र पासवान (३३१६) मतसहित निर्वाचित भएका छन्।
सदस्य (आदिवासी/जनजाति) मा भरत जर्घामगर (४०५०) मतसहित निर्वाचित भएका छन्।
सदस्य (मधेशी) बाट राजकरण महतो (३८९३) मतसहित निर्वाचित भएका छन्।
यसैगरी, महिला सदस्य (मधेशी) बाट ललिताकुमारी शाह (४४०९) मतसहित निर्वाचित भएकी छिन्।
सदस्य (अपांगता) बाट भूपराज बस्याल (३५५७) मतसहित निर्वाचित भएका छन्।
सदस्य (अल्पसंख्यक) बाट लक्ष्मण थामी (४३७३) मतसहित निर्वाचित भएका छन्।
त्यसैगरी, केसी लामिछाने (४१९४) मतसहित लेखा समिति संयोजकमा निर्वाचित भएका छन्।
यस्तै, लेखा समिति सदस्यहरुमा केशवप्रसाद बोहेरा )४१२५) र रुक्मिणी पोखरेल (४०८९) मतसहित निर्वाचित भएका छन्।
महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो।
पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो।
आइतबार, मतगणना कार्य सकिएको छ।