एनपीएल क्रिकेटमा पोखराको चौथो हार

पोखरालाई ६ विकेटले हराउँदै काठमाण्डौको ‘प्ले–अफ’ संभावना बलियो

जनसम्मत
मंसिर २९, २०८१, शनिबार

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सलेव चौथो हार व्यहोरेको छ।

काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) भएको पहिलो खेलमा काठमाण्डौ गुर्खाजसँग पोखरा एभेन्जर्स ६ विकेटले पराजित भएको छ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाण्डौले १४ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो।

काठमाण्डौका स्टेफेन इस्किनाजीले सर्बाधिक ६० रन बनाए।

त्यसपछि, माइकल लेभिटले ३२ रन जोडे।

पोखराका विपिन खत्रीले ३ विकेट लिए।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनायो।

पोखराका रेमोन रेफेरले नटआउट सर्बाधिक ४१ रन बनाए।

त्यसपछि, दिनेश खरेलले ३८ रन जोडे।

काठमाण्डौका कप्तान करण केसी र रशिद खानले समान ३/३ विकेट लिए।

यो जीतसँगै काठमाण्डौले ‘प्ले–अफ’को संभावना बलियो बनाएको छ।

काठमाण्डौ ६ खेलबाट ६ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ।

यता, पोखरा भने ६ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ।

एनपीएलमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्दैछन्।

जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ।

चितवनले पनि क्वालिफायर पुग्ने संभावनालाई कायमै राखेको छ।

चितवन ६ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ।