सूदूरपश्चिम रोयल्स पहिलो संस्करणको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।
काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सूदूरपश्चिमले फाइनल पक्का गरेको हो।
आज भएको पहिलो क्वालिफायरमा सूदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो।
जनकपुरले दिएको १४० रनको लक्ष्य सूदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो।
सूदूरपश्चिमका विनोद भण्डारीले सर्बाधिक ५८ रन बनाए।
त्यसपछि, सेफ अली जेबले ३२ रन जोडे।
जनकपुरका ललित राजवंशी र किशोर महतोले समान १/१ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।
जनकपुरका जेम्स नीशमले सर्बाधिक ४५ रन बनाए।
सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
यो खेल हारेपनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाउनेछ।
अब, जनकपुरले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा भोलि (बिहीबार) कर्णाली याक्ससँग खेल्नेछ।
यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिमसँग फाइनल खेल्नेछ।
एनपीएलमा आज बिहान भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ।
फाइनल खेल आउँदो शनिवार हुनेछ।