दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वाेच्चको आदेश

थुनामै राख्न उद्यत भएर प्रसाईलाई पक्राउ गरिएको सर्वोच्चको आदेशमा उल्लेख छ

जनसम्मत
पौष ६, २०८१, शनिबार

सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ।

बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीशद्वय डाक्टर नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले आज (शुक्रबार) प्रसाईलाई रिहा गर्न आदेश दिएको हो।

साइबर कसूरको मुद्दामा प्रहरीले प्रसाईलाई गएको मंसीर ४ गते भक्तपुर निवासबाट पक्राउ गरेको थियो।

मंसीर २७ गते साइबर अपराध कसूरको मुद्दामा ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै प्रसाईलाई आपराधिक लाभ र संगठित अपराधको कसूरमा प्रहरीले पुनः पक्राउ गरेको थियो।

सर्वोच्चले इजलासले प्रसाईलाई थुनामुक्त गर्न दिएको आदेशमा प्रहरीको अनुसन्धान शैलीबारे प्रश्न उब्जाएको हो।

दुर्गा प्रसाईलाई थुनामै राखिराख्ने ‘प्रवृत्त भावना’ ले पक्राउ गरिएको भन्दै प्रहरीको अनुसन्धान पद्धतिप्रति सर्वोच्चले गंभीर प्रश्न उठाएको छ।

सर्वोच्चले इजलासले प्रसाईलाई थुनामुक्त गर्न दिएको आदेशमा प्रहरीको अनुसन्धान शैलीबारे प्रश्न उब्जाएको हो।

त्यसपछि, प्रसाईले आफूलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

थुनामै राख्न उद्यत भएर प्रसाईलाई पक्राउ गरिएको आदेशमा उल्लेख छ।