एसीसी यु–१९ महिला एशिया कप क्रिकेटमा नेपाल र श्रीलंकाले अंक बाँडेका छन्।
प्रतियोगिताअन्तर्गत ’सुपर–फोर’ मा नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएपछि दुबै देशले समान १÷१ अंक बाँडेको हो।
मलेसियाको क्वालालम्पुरमा वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल नतिजाविहीन भएको बन्यो।
श्रीलंकाले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा वर्षाका कारण खेल बाधक बन्यो।
नेपालकी कप्तान पूजा महतोले १ विकेट लिएकी थिइन्।
टस जितेर नेपालले बलिङ रोजेको थियो।
यो बराबरीसँगै नेपाल र श्रीलंकाले समान १÷१ अंक बाँडेका छन्।
यस्तै ’सुपर–फोर’ अन्तर्गत आज (बिहीबार) भएको पहिलो खेलमा भारतले बंगलादेशलाई ८ विकेटले हराएको छ।
बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछ्याएको भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेट्टायो।
नेपालले ’सुपर–फोर’ को दोस्रो खेलमा भोलि (शुक्रबार) बंगलादेशसँग खेल्नेछ।
प्रतियोगिताको समूह ’ए’ बाट भारत र नेपाल तथा समूह ’बी’ बाट बंगलादेश र श्रीलंका ’सुपर–फोर’ मा पुगेका हुन्।
’सुपर–फोर’ को शीर्ष २ मा रहने टोली फाइनल पुग्नेछन्।
महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ।