यु–१९ महिला एशिया कप क्रिकेटको प्रतियोगिताबाट नेपाल बाहिरिएको छ।
यु–१९ महिला एशिया कप क्रिकेटअन्तर्गत ’सुपर–फोर’ को खेलमा बंगलादेशसँग पराजित बन्दै नेपाल फाइनल पुग्नबाट रोकियो।
जीतसँगै बंगलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा आज (शुक्रबार) भएको ’सुपर–फोर’ को खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले हराउँदै फाइनल पुगेको हो।
बंगलादेश ’सुपर–फोर’ मा दोस्रो स्थानमा रहेर फाइलनमा पुगेको हो।
अब, बंगलादेशले उपाधिका लागि फाइनलमा भारतसँग खेल्नेछ।
आजै (बिहीबार) बिहान भएको ’सुपर–फोर’ को खेलमा श्रीलंकालाई हराउँदै भारत शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो।
नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बंगलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेट्टायो।
बंगलादेशकी फहोमिदा चोयाले नटआउट सर्वाधिक २६ रन बनाइन्।
नेपालकी कुसुम गोदारले १ विकेट लिइन्।
यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो।
नेपालकी सावित्री धामीले सर्वाधिक ११ रन बनाइन्।
नेपालकी कप्तान पूजा महतोले ९ रन जोडिन्।
एलिशा यादवले ८ रन थपिन्।
नेपालका ४ जना खेलाडी रन आउट भए।
बंलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले समान १÷१ विकेट लिए।
वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो।
फाइनल खेल पर्सि (आइतवार) हुनेछ।