यु–१९ हङकङविरुद्धको एकदिवसीय श्रृंखलामा नेपालको ‘क्लिन स्वीप’

तेस्रो खेलमा हङकङलाई १३० रनले हराउँदै प्रतियोगितामा ‘क्लिन स्वीप’ गरेको हो

जनसम्मत
पौष ५, २०८१, शुक्रबार

यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ।

यु–१९ हङकङ विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले ‘क्लिन स्वीप’ गरेको छ।काठमाण्डौंको जोरपाटीस्थित मूलपानी क्रिकेट मैदानमा आज (शुक्रबार) भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई १३० रनले पराजित गर्दै नेपालले श्रृंखलामा ‘क्लिन स्वीप’ गरेको हो।

नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्रै जोड्न सक्यो।

हङकङका लागि प्रित मांगुकियाले अविजित रहँदै अर्धशतकीय पारी खेले।

उनले ८७ बलमा ७ चौकामद्दतले सर्वाधिक ५५ रन बनाए।

अब्दुल समदले २३ रन जोडे।

कप्तान शिव माथुरले १९ रन थपे।

उनीहरूबाहेक कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

हङकङका लागि आरेज दारले ७ रन बनाए।

शायन पुरीले अविजित रहँदै पाँच रन जोडे।

डेनियल मापले ४ रन थपे।

विल वाल्शले ३ रन बनाए।

तरण लौंगानीले २ र म्याथ्यू जेम्स क्लेटनले १ रन जोडे।

यो खेलमा हङकङले अतिरिक्त ५ रन पाएको छ।

बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई/दुई विकेट लिए।

त्यसैगरी, राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान १/१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २५५ रन बनायो।

नेपालले पहिलो खेलमा हङकङलाई ३ विकेटले हराएको थियो।

दोस्रो खेलमा नेपालले २२६ रनले पराजित गरेको थियो।