सूदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी एनपीएलको ‘घरेलु बेस्ट प्लेयर’ बनेका छन्।
नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) को ‘सर्वोत्कृष्ट घरेलु खेलाडी’ बनेसँगै कप्तान दीपेन्द्र सिंह ऐरीले आकर्षक पुरस्कारको रूपमा रहेको कार सुदूरपश्चिम रोयल्सका प्राप्त गरेका छन्।
नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका छन्।
एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फ्लाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ‘ओमोडा ‘इ’ फाइभ डिएलएक्स’ कार प्राप्त गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एनपीएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेको थियो।
ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपीएलको पहिलो संस्करणमा उपविजेतासमेत बनेको छ।
कप्तान ऐरीले एनपीएलका ९ खेलबाट २२७ रन जोड्दै ९ विकेट बनाएका छन्।
त्यसैगरी, एनपीएल च्याम्पियन टोली जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशी ‘उत्कृष्ट बलर’ घोषित भए।
राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्।
उनले एनपीएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन्।
ललितले एनपीएलको ९ खेलबाट १७ विकेट आफ्नो नाममा दर्ता गराएका छन्।
सूदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले ‘सिद्धार्थ बैक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड पाउन सफल भएका छन्।
उनले ५ लाख रुपैयाँको चेक प्राप्त गरे।
जैबले एनपीएलमा सुदूरपश्चिमको लागि २७५ रन जोड्न सफल भए।
त्यसैगरी, जैबले टोलीका लागि १२ विकेट लिएका थिए।
जनकपुरबाट एनपीएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे।
एनपीएलमा ३५ चौका प्रहार गरेका उनले २ लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन्।
मिलान्थाले एनपीएलमा कूल २९३ रन बनाए।
यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे।
उनले २ लाख रुपैयाँको चेकसमेत प्राप्त गरेका छन्।
निशमले जनकपुरको लागि २४७ रन जोड्दै ७ विकेट आफ्नो नाममा दर्ता गराएका छन्।
कर्णाली याक्सका आइकोनिक खेलाडी विपिन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरे।
शर्माले ५० हजार रुपैयाँको चेक प्राप्त गरेका छन्।
साथै, उनले प्रेसिडेन्टल ग्राजुएट स्कूलबाट १० लाख रुपैयाँ बराबरको छात्रवृत्तिसमेत प्राप्त गरेका छन्।
विपिनले एनपीएलमा १३ विकेट आफ्नो नाममा दर्ता गराए।
एनपीएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।