जीबी राईसहित १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता

रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ताको तयारी

जनसम्मत
पौष ६, २०८१, शनिबार

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध हिँजो (शुक्रबार) पूरक अभियोग दर्ता भएको छ।

यसअघि, सहकारी ठगीमा मात्र मुद्दा चलाइएका राईलगायत १९ जनामाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पुरक अभियोगका रुपमा थपिएको हो।

अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

सरकारी वकिल कार्यालयका अनुसार मुद्दा विचाराधीन रहेका १९ जनाविरुद्ध हिँजो (शुक्रबार) पूरक अभियोग दर्ता भएको हो।

गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध भने आइतबारमात्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरेको जनाइएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जीबी राईसहित ३७ जना फरार छन्।

सरकारी वकिकको कार्यलयलाई प्रहरीले बुझाएको प्रतिवेदनमा उक्त सहकारी ठगी अभियोगमा १ अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गर्न राय दिइएको छ।