सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनाको जिल्ला अदालत कास्कीमा बयान सुरु भएको छ।
न्यायाधीस नितिज राईको इजलासमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका संचालक कृष्ण गुरूङको बहस सुरु भएको हो।
उनीहरुविरुद्ध हिँजो (आइतबार) सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।
बयान सक्न २ दिनसम्म लाग्ने र त्यसपछि थुनछेकको बहस हुने कास्की जिल्ला अदालतले जनाएको छ।
थुनछेक बहसपछि न्यायाधीसले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन्।
यसअघि, जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध हिँजो (आइतबार) सहकारी ठगीमा मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ।
लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ।