पोखरामा माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

पहिलो दिन मेन्स सिंगल, ३५ र ४५ वर्षमाथिको मेन्स सिंगलका खेलहरु भएका छन्

जनसम्मत
पौष ११, २०८१, बिहीवार

पोखरामा  माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आज (बिहीबार) देखि सुरु भएको छ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले एक समारोहबीच टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारी र प्रतियोगिता संयोजक नविन चालिसेलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रतियोगिताको पहिलो दिन भएका खेलहरुमा मेन्स सिंगलमा निहाल जंगबहादुर थापाले विष्णु नेपालीलाई ६–१,६–१ ले हराएका छन्।

त्यसैगरी, शास्वत बज्राचार्यले नविन पाइजालाई ७–५,६–४ ले पराजित गरेका छन्।

दावा सोनाम शेर्पाले सोमझ श्रेष्ठलाई ६–०,६–२ ले पराजित गर्दै विजयी सुरुवात गरेका छन्।

यस्तै, आरब हाडाले बोरिस अधिकारीबाट वाकओभर पाएका छिन्।

४५ वर्ष माथिको मेन्स सिंगलमा विकास गुरुङले माधव भण्डारीमाथि जीत निकालेका छन्।

त्यस्तै, बलराम सापकोटासँग दोर्जे लामाले हार व्यहोरेका छन्।

हेमराज ढकालले मनोज ढुंगानालाई हराएका छन्।

हर्क गुरुङले विज्ञान प्रधानलाई पराजित गरेका छन्।

त्यसैगरी मेन्स ३५ वर्षमाथिको सिंगलतर्फ विकास गुरुङ (हङकङ) ले प्रकाशराज वाग्लेलाई हराउँदै विजयी सुरुवात गरेका छन्।

प्रकाश गुरुङले सविन श्रेष्ठमाथि जीत निकालेका छन्।

गगन महर्जनले मनोज महर्जनलाई हराएका छन्।

भीष्म गुरुङसँग हर्षवर्धन रावलले हार व्यहोरेका छन्।

डा.मदन थापाले डा. देव थापामाथि जीत निकालेका छन्।

मच्छिन्द्र थापाले विष्णु थापालाई पराजित गरेका छन्।

हेमचन्द्र गुरुङले समीर शेरचनलाई हराएका छन्।

राजकुमार गुरुङसँग विष्णु चापागाईंले हार व्यहोरेका छन्।

नारायण पहारीले वीरेन्द्र लामामाथि जीत निकाल्दै प्रतियोगिताको दोश्रो चरणमा स्थान बनाएका छन्।