हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४ जनालाई आज (मंगलबार) कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतमा उपस्थित गराएको जनाएको छ।
यो मुद्दामा अदालतले हिँजो (सोमबार) देखि छबी जोशीसँग बयान लिन सुरू गरेको छ।
न्यायाधीश नीतिज राईको इजलासमा हिँजो (सोमबार) देखि बयान सुरू भएको हो।
आज (मंगलबार) जोशीको बयान चलिरहेको र उनको बयान सकिएपछि अरूको सुरू हुने अदालतले जनाएको छ।
मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद निलम्बनमा परेको छ।
पार्टीले पनि कार्यवाहक सभापति तोकिसकेको छ।