कास्की जिल्ला अदालतमा आज (बिहीबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( का सभापति रवि लामिछानेको बयान सुरु भएको छ।
पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा कास्की अदालतले उनको बयान सुरु गरेको हो।
सोही प्रकरणमा मुछिएकी लिला पछाईंको बयान सकाएर रविको सुरु भएको कास्की जिल्ला अदालतले जनाएको छ।
सोमबार र मंगलबार पूर्वडीआईजीसमेत रहेका गोरखा मिडियाका संचालक छविलाल जोशीको बयान भएको थियो।
त्यसपछि लिलाको बयान सकाएको हो।
हिँजो (बुधबार) क्रिसमस बिदा परेकाले मंगलबारदेखि बाँकी पछाईंकै बयान सकेर आज अबेर रविको बयान सुरु गरेको हो।
बिहीबार सूर्यदर्शन सहकारी अपचलनमा मुद्दा दायर भएका ७ जनालाई अदालत उपस्थित गराइएको छ।