सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समिति सदस्यमा संचारविज्ञ अनिता गुरुङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव गौरव गिरी नियुक्त भएका छन्।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण ऐनको दफा ८ बमोजिम संचारविज्ञको रुपमा गुरुङ र मन्त्रालयको प्रतिनिधिको रुपमा गिरीलाई नियुक्त गरेका हुन्।
नवनियुक्त सदस्यहरूलाई सार्वजनिक सेवा प्रसारण नेपाल (पीएसबी) का कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले पद तथा गोपनीयताको सपथ गराएका हुन्।
यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विष्णुराम न्यौपानेलाई नियुक्त गरिएको छ।