माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिसमा क्वाटरफाइनल समीकरण पूरा

वुमन्स सिंगल, ३५ र ४५ वर्षमाथिको मेन्स सिंगल, ४५ वर्षमाथिको मेन्स डबल्सको पनि सेमिफाइनल समिकरण पूरा

जनसम्मत
पौष १३, २०८१, शनिबार

पोखरामा जारी २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ।

कास्की जिल्ला टेनिस संघले आयोजना गरेको शनिबार विभिन्न उमेरसमूह अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन्।

शनिबार मेन्स सिंगलतर्फ नेहाल जंगबहादुर थापाले ओजेन महर्जनलाई ६–०, ६–० ले हराउँदै क्वाटरफाइलमा स्थान बनायो।

राजबीर प्रधानले शक्ति शर्मालाई ६–०, ६–० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा गरे।

सक्षमबिक्रम शाहले उगेन शेर्पामाथि ६–३, ६–१ जीत निकाल्दै क्वाटरफाइनल पुगे।

आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए।

वुमन्स सिंगलतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

यस इभेन्टको टेनिस खेलमा स्वस्तिका बिष्टले जेनी खड्का ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनल पुगेकी छिन्।

त्यसैगरी, सुनिरा थापाले प्राज्ना मानन्दलाई ६–२, ६–१ हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेकी छिन्।

त्यस्तै, प्रकृती श्रेष्ठले भगवती बिकलाई ६–३, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

सलोनी तामाङ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेकी थिइन्।

३५ वर्षमाथिको मेन्स सिंगलमा सिमान्त गुरुङले सञ्जय श्रेष्ठलाई ६–२, ६–२ ले हराउँदै क्वाटरफाइनलमा पुगेका छन्।

सन्तोष खत्रीले विकास गुरुङलाई ६–३, ६–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा गरेका छन्।

गगन महर्जनले प्रकाश गुरुङलाई ६–२, ६–३ ले हराउँदै अन्तिम ८ मा स्थान बनाएका छन्।

यसैगरी, भिष्मजंग गुरुङले सन्दुक के. लामालाई ६–०,६–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन्।

४५ वर्षमाथिको मेन्स सिंगलमा छेवाङ लामाले नारायण पहारीलाई, विकास गुरुङले बलराम सापकोटालाई, सुनिल श्रेष्ठले जुजुमान किमलाई तथा सन्दुक के. लामाले भीष्मराज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

५५ वर्ष माथिको मेन्स सिंगलमा विदुर बिष्टले पदम गुरुङलाई, रविन्द्रदास श्रेष्ठले, विष्णु गुरुङलाई पराजित गर्दै अन्तिमा ४ मा पुग्न सफल भएका छन्।

४५ वर्षमाथिको मेन्स डबल्समा गोपीबहादुर भट्टराई र धर्मबहादुर लामिछानेको जोडीले टी.तुलेश्वर र के.जयन्तको जोडीलाई ६–२, ६–२ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएका छन्।

त्यसैगरी, रोहित सुनुवार र भीष्मराज पौडेलको जोडीले केबी लामा र विष्णु बानियाको जोडीलाई ६–३, ६–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।