पोखराको लेकसाइडस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्दैछ।
अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव भण्डारीले जानकारी दिएका छन्।
कार्यक्रममा गायक सुरज थापा एण्ड ब्याण्डको साँगितिक प्रस्तुति रहने उनले बताएका छन्।
गायक थापासँगै रितु केसी, तबला, मादलबादक रिसु नेपाली, गिटारिस्ट प्रविन श्रेष्ठ र विजय बज्राचार्यका साथमा बाँसुरीबादक किरण बरालको प्रस्तुति रहने उनको भनाई छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको होटलले जनाएको छ।
नयाँ वर्षको अवसरमा होटल पौवाका अन्य शाखामा पनि साँस्कृतिक कार्यक्रम आयोजना हुने होटल पौवा प्रालिका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले जानकारी दिएका छन्।
पोखरासँगै रुपन्देही भैरहवा, दाङको भालुवाङ, दाङकै घोराही र नवरपुरको गैँडाकोटस्थित पौवाका शाखामा पनि १६ गते नै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताएका छन्।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्यसहितको सेवा दिने उद्देश्यले देशभर शाखा विस्तारमा तीब्रता दिइएको प्रमुख संचालन अधिकृत गौतमले बताए।
निकट भविष्यमै १०० शाखा बनाउने लक्ष्य लिएको होटल पौवाको अहिले देशभर १७ शाखा रहेको उनले जानकारी दिएका छन्।
कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशमा दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिंगे, रुपन्देहीको योगीकुटी, भैरहवाको चिल्ड्रेनपार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुंगामा होटल पौवाको शाखाहरु छन्।
गण्डकी प्रदेशको पोखरा र नवलपुरमा होटलले शाखा विस्तार गरिसकेको छ।
बागमती प्रदेशमा काठमाडौंको गौशाला, सिन्धुलीको मुलकोट र चितवनको भरतपुरमा पौवाको शाखा छ।
कोशी प्रदेशमा खोटाङको हलेसीमा यसले सेवा विस्तार गरिसकेको छ।
छिट्टै बाँकेको नेपालगन्जमा ५ तारेस्तरको होटल पौवा संचालनको तयारीमा रहेको अधिकृत गौतमले बताए।
होटल पौवाले नेपालमै रोजगारी सिर्जना गरी युवा जनशक्ति पलायन रोक्ने लक्ष्य लिएर अघि बढेको अधिकृत गौतमले सुनाए।
होटलको अर्को उद्देश्य भनेको रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनु रहेको उनले बताए।
सोही अनुरुप होटलले नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ।