२०८१ सालको एसईई परीक्षा आवेदन फारम खुल्यो

यही पुस १२ गतेदेखि माघ १२ गतेभित्र फारम भरिसक्नु पर्नेछ

जनसम्मत
पौष १२, २०८१, शुक्रबार

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ।

यही पुस १२ गतेदेखि माघ १२ गतेभित्र फारम भरिसक्न कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले आज (शुक्रबार) एक सूचना प्रकाशित गरी एसईईको आवेदन फारम भर्न आग्रह गरेको हो।

कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ।

फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्नेछ।

त्यसैगरी, रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ।

यस्तो छ, सूचना