दोस्रो संस्करणको ड्रागन बोट रेसमा चिनिया टोलीको वर्चस्व

नेपाललगायत चीन, सिंगापुरबाट २० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो

जनसम्मत
पौष १५, २०८१, सोमबार

चिनियाँ टोलीले दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको उपाधि जितेका छन्।

पोखराको फेवातालमा सोमबार सम्पन्न ‘दोस्रो नेपाल–चीन मैत्री ड्रागन बोट रेस प्रतियोगितामा चिनिया टिमहरूले उपाधिमाथि कब्जा जमाए।

पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जितेको छ।

दोहोरो उपाधिसँगै विजेता चीनको डोङग्वान लाओयू क्लबले नगद १० हजार अमेरिकी डलर पुरस्कार हात पारेको छ।

बोट रेसमा चीनकै युनान मिन्जु युनिभर्सिटी उपविजेता बन्यो।

लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो स्थानमा आयो।

यस्तै, ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बन्यो।

उपविजेता लिआओ चेङ युनिभर्सिटीले २ हजार अमेरिकी डलर पुरस्कार जित्यो।

युहान युनिभर्सिटीको टिम तेस्रो बन्यो।

तेस्रो बनेको युहान युनिभर्सिटीले १ हजार अमेरिकी डलर पुरस्कार जित्यो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजद राजदूत चेन सोङ्ग, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ लगायतले विजेतालाई खेलाडीलाई पुरस्कार वितरण गरे।

प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका २० टोलीले प्रतिस्पर्धा गरेको थियो।

प्रतियोगितामा चीनको ८, सिंगापुरको १ र बाँकी ११ टोली नेपालका विभिन्न प्रदेशको तर्फबाट प्रतिस्पर्धा थियो।

तस्बीरः बसन्त शेर्पा