ऋषिकान्तलाई लेखनाथ पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशी ११ हजार १११ रुपैयाँ छ

जनसम्मत
पौष १५, २०८१, सोमबार

लेखनाथ पत्रकारिता पुरस्कार पोखराका पत्रकार ऋषिकान्त पौडेललाई प्रदान गरिरएको छ।

लेखनाथ पत्रकार मञ्चले स्थापना गरेर हरेक वर्ष दिँदै आएको पुरस्कार नेपाल प्रेस युनियनका उपाध्यक्षसमेत रहेका पत्रकार पौडेललाई प्रदान गरेको हो।

हाल, रेडियो नेपालको घटना र विचार कार्यक्रममा कार्यरत पौडेललाई कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा सोमबार पुरस्कार प्रदान गरिएको हो।

वरिष्ठ साहित्यकार सरुभक्त, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठलगायतले पौडेललाई पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कार राशी ११ हजार १११ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठ, पूर्व सम्मानित पत्रकार परशुराम शर्मा र संस्थापक अध्यक्ष भीमपाणि बरालको पुरस्कार छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।

कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका पौडेलले विभिन्न संचार माध्यमका काम गरिसकेका छन्।