पाहूना टोली चिनको नर्मल विश्वविद्यालय पोखरामा सम्पन्न चिन–नेपाल विश्वविद्यलायस्तरीय छात्रा बास्केटबलमा च्याम्पियन भएको छ।
गण्डकी प्रदेश बास्केटबल संघ र पोखरास्थित चिनिया ओभरसिजको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजलाई ७४–३६ को स्कोरले पराजित गर्दै पाहूना टोली च्याम्पियन भएको हो ।
च्याम्पियन बनेसँगै नर्मल विश्वविद्यालयले नगद ३० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार हात पारेको छ।
उपविजेता काठमाण्डौको गोल्डेन गेट इन्टरनेशनल कलेजले नगद २० हजार ट्रफी पुरस्कार प्राप्त गरेको छ।
त्यसैगरी, तेस्रो भएको कास्की जिल्ला बास्केटबल संघले नगद १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ।
त्यस्तै, प्रतियोगितामा सहभागी प्रतिभा माविलाई समेत सान्त्वना पुरस्कार प्रदान गरिएको छ।
नेपालस्थित चिनका महामहिम राजदूत चेङ सोङ, चिनिया दुतावासका विशिष्ट कर्मचारीहरु, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, अग्रज पत्रकार राज बहादुर गुरुङ, गण्डकी बास्केटबल संघका उपाध्यक्ष किरण सापकोटालगायतले विजेता टिम तथा खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरे।