इस्वी सन नयाँ वर्ष २०२५ सुरु भएसँगै तनहुँमा आज (बुधबार) देखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ।
तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना गरिने भएको हो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भ्रमण वर्ष शुभारम्भ गर्ने कार्यक्रम छ।
‘पहाडकी रानी’ को उपनामले परिचित बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो।
त्यसका लागि पर्यटन व्यवसायी बैस गुरुङको संयोजकत्वमा सचिवालय गठन गरिएको छ।
सचिवालयमा होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतका प्रतिनिधिहरु छन्।
भ्रमण वर्षभरमा आन्तरिक र बाह्य १/१ लाख पर्यटक भित्राउने तयारी गरिएको छ।
भ्रमण वर्षलाई आधार मानेर ३ वर्षमा वार्षिक ८ लाख पर्यटकलाई बन्दीपुर पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको छ।
भ्रमण वर्षमा पर्यटक आकर्षित गर्न पर्यटकको उमेर र रुचीअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔं, गाउँमै रमाऔं’ तथा
वातावरणीय संरक्षणका लागि जनसहभागिता बढाउने लक्ष्य लिइएको छ।
भ्रमण वर्षमा पर्यटकको औसत बसाइ ३ दिन बनाइने र विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर तथा नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पु¥याइने उनले लक्ष्य छ ।
बन्दीपुरमा हाल ७५ होटल र ४ वटा होमस्टे (घरबास) छन् ।
गाउँपालिकामा १ सय २० होटल र १२ वटा होमस्टे संचालनमा छन्।
यस अवसरमा बन्दीपुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ।
बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भको अवसरमा सार्वजनिक बिदा दिएको हो।
आज, पुस १७ गते (बुधबार) पालिकाभित्रका विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।