‘बन्दीपुर भ्रमण वर्ष’ घोषणाको पूर्वसन्ध्यामा ट्याक्सी र्‍याली

‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई प्रचार–प्रसारमा तीब्रता दिइएको छ

जनसम्मत
पौष १६, २०८१, मंगलवार

तनहुँमा ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा भोली (बुधबार) देखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ।

‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई प्रचार–प्रसारमा तीब्रता दिइएको छ।

‘बन्दीपुर भ्रमण वर्ष’ को पूर्वसन्ध्यामा बन्दीपुरदेखि मुग्लिनसम्म ट्याक्सी र्‍याली गरिएको छ।

‘बन्दीपुर भ्रमण वर्ष’ को प्रचार–प्रसार गर्ने उद्देश्यले ट्याक्सी र्‍याली गरिएको हो।

ट्याक्सी व्यवसायी संघ बन्दीपुरको आयोजनामा आज (मंगलबार) बिहान बन्दीपुर–डुम्रे– आबुखरिनी–मुग्लिनसम्म ट्याक्सी र्‍याली गरिएको हो।
मुग्लिन पुगेको र्‍याली पुन बन्दीपुर फर्किएर समापन भएको थियो।

बन्दीपुर गाउँपालिकाको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर भोली (बुधबार) बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को विधिवत उद्घाटन गरिदैँछ।

‘पहाडकी रानी’ को उपनामले परिचित बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो।

अंग्रेजी नयाँ वर्ष–२०२५ कै पहिलो दिन भोली (बुधबार) संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक समारोहबीच ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को शुभारम्भ गर्ने कार्यक्रम छ।

बन्दीपुर आउने पर्यटकको औसत बसाई लम्ब्याउन वर्षौभरि भ्रमण वर्षका विविध कार्यक्रमहरु आयोजना गरिने संयोजक वैंश गुरुङले जानकारी दिएका छन्।