प्रेस सेन्टर कास्कीको छैटौँ अधिवेशन पुस २७ मा

अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु गठन

जनसम्मत
पौष १८, २०८१, बिहीवार

यही पुस २७ गते प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन पोखरामा हुनेगरी तयारी थालिएको छ।

प्रेस सेन्टर कास्कीको हिँजो (बुधबार) बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो।

सो अधिवेशनले आगामी ३ वर्षका लागि प्रेस सेन्टरको नयाँ नेतृत्व चयन गर्नेछ।

जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्नेगरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारी तोकेको छ।

प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ।

त्यसअघि, शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुनेछन्।

कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरेको छ।

यसैगरी, उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखीकरण उपसमिति गठन गरिएको छ।

यस उपसमितिमा सह–सचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य छन्।

उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ।

यस समितिको सदस्यहरुमा सबिना राना र सन्तोष परियार छन्।

सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ।

यस उपसमितिको सदस्यहरुमा वलराम तिमिल्सिना र अर्जुन हितान छन्।

कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति गठन गरेको छ।

आर्थिक उपसमितिमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य छन्।

यसैगरी, केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा अधिवेशन निर्देशक उपसमिति गठन गरेको छ।

निर्देशक उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य छन्।

केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ।

यस समितिमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना, सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी छन्।

बैठकले अधिवेशन सम्पन्न गर्न अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको ३ सदस्सीय निर्वाचन समिति गठन गरेको छ।

बैठकका अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचिन पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषद्मा निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरेको थियो।