सूर्यलाल बि.क., बागलुङको ताराखोला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बनेर आएका छन्।
ताराखोला गाउँपालिकामा आज (बुधबार) एक कार्यक्रमबीच नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत बि.क. लाई स्वागत गरिएको छ।
बि.क., संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन बिभागबाट ताराखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरुवा भई आएका हुन्।
बागलुङ नगरपालिका–१२, अमलाचौरका बि. क. ले यसअघि जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रशासकीय अधिकृतका रुपमा र रोल्पाको थबाङ गाउँपालिका तथा म्याग्दी जिल्लाको मालिका गाउँपालिका गरी २ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन्।
नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बि. क. ले स्वागत कार्यक्रममा बोल्दै पालिकाका संपूर्ण जनप्रतिनिधि र कर्मचारीहरुसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
गाउँपालिकाका प्रशासकीय अधिकृत पिताम्बर गैरेले कार्यालयको तर्फबाट मन्तब्य राखेका थिए।
गत कार्तिक २१ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिबेक रणपाल परियार गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा सरुवा भएर गएपछि ताराखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो।
जसका कारण आ ब २०८१/०८२ को योजना कार्यान्वयन तथा अन्य आर्थिक तथा प्रशासनिक क्षेत्र समेत प्रभावित बनेको थियो।
ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बि. क. (हिमाल) को अध्यक्षतामा भएको स्वागत कार्यक्रम गाउँपालिकाका प्रशासन सहायक जीतबहादुर सुनारले संचालन गरेका थिए।