पोखराको कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना

विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको छ

जनसम्मत
पौष १७, २०८१, बुधबार

पोखरा महानगरपालिका–३२ मजुुवास्थित कालिका आधारभूत विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको छ।

विद्यालयमा आज बुधबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका–१६ तल्लो दीप जोगीमणिमार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन्।

उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कार तथा सम्मान प्रदान गरिने छ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुुबहादुर बस्नेतलगायतको उपस्थिति थियो।

अक्षयकोष सहयोगी दाता थापाले यसअघि पनि विभिन्न संघसंस्थामा सहयोग गर्दै आएका छन्।

थापा, शिक्षासेवीसँगै सफल व्यवसायीका हुन्।