वरिष्ठ पत्रकार नारायण कार्कीलाई श्रीपती सामाजिक पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशि २२ हजार २२२ रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र छ

जनसम्मत
पौष २०, २०८१, शनिबार

पोखराका वरिष्ठ पत्रकार नारायण कार्की यस वर्षको श्रीपती सामाजिक पत्रकारिता पुरस्कारबाट सम्मानीत भएका छन्।

पोखरामा शनिबार आयोजित समारोहमा श्रीपती कोइराला गुठीद्वारा संचालित उक्त पुरस्कारबाट कार्कीलाई सम्मान प्रदान गरिएको हो।
उनलाई नगद २२ हजार २२२ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रसहितको सम्मान प्रदान गरिएको हो।

पोखरा न्यूरोड निवासी कार्कीले पत्रकारिता माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर स्वरुप उक्त पुरस्कार दिइएको गुठीले जनाएको छ।

२०२९ सालमा राससबाट पत्रकारिता सुरु गरेका पत्रकार कार्की हाल बिबिसी नेपाली सेवा गण्डकी प्रदेश ब्यूरो प्रमुख रुपमा कार्यरत छन्।

यसअघि, आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सो पुरस्कार दिइएको थियो।