लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ।
हालैमात्र, पालिकाको प्रशासकीय भवनको निर्माण कार्य पूरा भएको हो।
सो नगरपालिकाले ४ करोड ९ लाख ८१ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेर आफ्रनै प्रशासकीय भवन निर्माण गरेको हो।
यसअघि, मध्यनेपाल नगरपालिका–६, भोर्लेटारस्थित मासिक १ लाख रुपैयाँ बढी भाडा तिरेर आएको नगरपालिका अब आफ्नै भवनमा संचालन हुन थालेको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताएका छन्।
नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले आफ्नै भवन निर्माण भएपछि सेवाग्राही र कर्मचारीलाई सहज भएको बताए।
नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि आरोग्य सुवेदी जेभी ललितपुरले २०७७ पुस २५ गते १८ महिनामा सक्ने गरी सम्झौता गरेको थियो।
कूल ४ करोड ५८ लाख ६४ लाख ८ सय ६२ रुपैयाँ ७० पैसामा ठेक्का सम्झौता गरेकोमा २ पटकसम्म म्याद थपेर भवन निर्माण गरिएको छ।
म्याद २ पटक थप गरिएपनि सम्झौता रकमभन्दा कम रकममा निर्माण कम्पनीले भवन निर्माणकार्य सकेको छ।
साढे ३ तलाको भवनमा २२ कोठा र १ सेमिनार हल रहेका छन्।
प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले कृषि सेवा केन्द्रको नाममा रहेको ११ रोपनी जग्गामा नगरपालिकाको प्रशासकीय भवन निर्माण गरिएको बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशासकीय भवनको शुक्रबारमात्रै उद्घाटन गरे।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेललगायतको उपस्थिति थियो।