जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारी ठगीविरुद्धको मुद्दा लागेका ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार अबेर लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
रबि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
त्यसैगरी, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।
रामबहादुर खनालसँग १५ लाख धरौटी माग गरिउको छ।
यस्तै, लीला पछाइलाई ३७ लाख धरौटी मागिएको छ।
मीना गुरूङलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।
आरती गुरूङलाई ५ लाख र कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।