पोखराका कृयाशील पत्रकार दिपक परियारलाई यस बर्षको थमन–महेश स्मृति पत्रकारिता पुस्कारबाट सम्मान गरिने भएको छ।
प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि (शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ।
प्रेस सेन्टरका सल्लाहकार एवं अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर कास्कीले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
प्रतिभा छनोट समितिमा अग्रज पत्रकार विश्वप्रकाश लामिछाने, पूर्व सम्मानीत विभु भुषाल, पदेन सदस्यमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी र सचिव पुष्प दाहाल छन्।
पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको पे्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले बताए।
कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध परियार जनपक्षीय पत्रकारितामा करिब डेढ दशक भन्दा बढी समयदेखि कृयाशील छन्।
प्रेस सेन्टर कास्कीको छैटौं अधिवेशनले आगामी ३ बर्षीय कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ।
उक्त अधिवेशनको तयारी पूरा भएको अध्यक्ष दवाडीले जनाए।
उक्त कार्यक्रमको शनिबार बिहान ठिक ९ः०० बजे पोखराको बाँस्तोलाथरमा रहेको सिल्भर प्लेट पार्टी प्यालेसमा पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेकपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले उद्घाटन गर्ने कार्यक्रम छ।