‘पत्रकारहरुले जनपक्षीय कलम चलाउनुपर्छ’

नेता श्रेष्ठ भन्छन्, ‘भ्रष्टचारलाई नियन्त्रण नगरी देशको विकास हुँदैन’

जनसम्मत
पौष २७, २०८१, शनिबार

पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनपक्षीय र आम नागरिकको पक्षमा खरो रुपमा कलम चलाउन पत्रकारहरुसमक्ष आग्रह गरेका छन्।

प्रेस सेन्टर नेपाल, कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैटौं अधिवेशन समारोहको उद्घाटन गर्दै कपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठल भने, ‘स्वार्थ र गलत मिसनलाई फाइदा पुग्नेगरी पत्रकारहरु लाग्न हँुदैन।’

उनले सत्य र तथ्यका आधारमा व्यवसायीक पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाव दिए।

राज्यलाई लुट्ने र ठग्नेहरुका विरुद्ध पत्रकारहरुको कलम चल्नुपर्ने नेता श्रेष्ठको भनाई थियो।

उनले भने, ‘राज्यलाई लुट्ने, ठग्ने भ्रष्टहरुलाई कार्वाही नगरी हुँदैन। कानून मिच्नेहरुलाई छाड्न हुँदैन। शुसासन अनिवार्य शर्त हो। अब, जनपक्षीय पत्रकारहरुले आफ्ना कलम अनिवार्य रुपमा राज्यको शुशासनका लागि पनि चलाउनुपर्छ।’

देशमा भ्रष्टचारलाई नियन्त्रण नगरी आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने उनको भनाई छ।

देशको आर्थिक बिकास र समृद्धिको मुख्य बादक भ्रष्टचार भएकोले त्यसलाई नियन्त्रण नगरी विकास नहुने नेता श्रेष्ठले दाबी गरे।

देशमा भ्रष्टचारबिरुद्धको अभियान नचलाई चलाउनुपर्नेमा नेता श्रेष्ठले जोड दिए।

उनले उल्लेख गरे, ‘नेपालको सामाजिक आर्थिक रुपान्तरण वा विकास र समृद्धिको निम्ति सबै भन्दा बाधक तत्व भनेको व्याप्त मौलाएको भ्रष्टाचार हो। अब, यसलाई नियन्त्रण नगरी हामीले चाहेको जस्तो आर्थिक विकास र समृद्धि हासिल गर्न सक्दैनौं। त्यसैले, भ्रष्टाचारबिरुद्धको अभियानमा हामी सबै जुट्नुपर्छ। यसमा, पत्रकार जगतले महत्पूर्ण भूमिका खेल्नु पर्छ।’

राजनीतिको भ्रष्टिकरणमा मुख्य समस्या रहेको उनको दाबी छ।

राजनीतिको सफाई र सुद्धिकरण देशको आर्थिक विकास र समृद्धिको अर्को आधार भएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनाए।

‘शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, बाटो, सूचना, संचार, खानेपानी, बिद्युत, यातायातलगायतका आवश्यकता पूरा नगरी जनताले आफ्नो जीवनमा अनुभुती गर्न सक्दैनन्’, उनले औंल्याए।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीले पत्रकार जनताको आवाज वोल्नेगरी पत्रकारले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले अहिलेको अबस्थामा मिडिया र श्रमजीवीहरुलाई कसरी बचाउन सकिन्छ त्यसतर्फ महासंघ गंभीर रहेको औंल्याए।

प्रेस सेन्टरका सल्लाहकार कोमलनाथ बराल, माओबादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, कास्की ईञ्चार्ज रामजीप्रसाद बराल ‘जीवन’, पार्टीका कास्की संयोजक विश्वप्रकाश लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, गण्डकी ईञ्चार्ज दीपक श्रेष्ठ, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, कास्कीका कार्यवहाक अध्यक्ष माधव रेग्मीलगायतले पत्रकार र पत्रकारिताको विविध आयामबारे चर्चा गरेका थिए।

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा दीननाथ बरालले स्वागत र सचिव पुष्पराज दाहालले कार्यक्रम संचालन गरेका थिए।