पत्रकार दिपक परियारलाई थमन–महेश स्मृति पत्रकारिता पुरस्कार प्रदान

पत्रकार परियार हाल कान्तिपुर दैनिकका पोखरा संवाददाता हुन्

जनसम्मत
पौष २७, २०८१, शनिबार

पोखराका कृयाशील पत्रकार दीपक परियार यस वर्षको थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरेको हो।

पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार परियारलाई पुरस्कार प्रदान गरे।

काठमाण्डौंबाट प्रकाशित हुने जनदिशा पत्रिका र १५ वर्षअघि पोखराबाट प्रकाशन सुरु गण्डकी खबर पत्रिकाबाट पत्रकार परियारले जनपक्षीय पत्रकारिताको करियर सुरु गरेका थिए।

पत्रकार परियार हाल कान्तिपुर दैनिकका पोखरा संवाददाता हुन्।

पत्रकारहरु थमन परियार र महेश पहारीको स्मृतिमा प्रेस सेन्टर कास्कीले पुरस्कार स्थापना गरेको हो।

सेन्टरले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ।

पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।