दीननाथ बरालको नेतृत्वमा प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिको नयाँ कार्यसमिति गठन भएको छ।
प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोे हो।
बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो।
त्यसैगरी, उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) मा शोभा बराल सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्रप्रसाद अर्याल छन्।
अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोखरेल, कविता घर्तीमगर र प्रकाश बराल छन्।
कार्यसमितिमा २ जना सदस्य पछि थप गर्न सकिने निवर्तमान अध्यक्ष कृष्ण दवाडीले जनाएका छन्।
यसैगरी, केन्द्रीय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर), पदम रेग्मी, नारायण शाही, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली (राज) छन्।
त्यस्तै, प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जीप्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देस श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरञ्जीवी पौडेल (उत्तम), सविना राना, लिलानाथ आचार्य, कृष्णमाया पोखरेल (शान्ति) चयन भएको निर्वाचन कमिटी संयोजक विश्वप्रकाश लामिछानेले जनाएका छन्।