प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ मा

स्थापना दिवसमा अन्तरक्रिया, पत्रकार सम्मान र पुरस्कृत गरिदैँ

जनसम्मत
पौष २९, २०८१, सोमबार

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते (मंगलबार) हुने भएको छ।

संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो।

स्थापना दिवसका अवसरमा शुभकामना आदान–प्रदानसहित अन्तरक्रिया कार्यक्रम र प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार अर्पणसमेत गरिने सचिव रञ्जन अधिकारीले जानकारी दिए।

उपसमितिहरू गठन

अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

प्रतिवेदन लेखन समितिमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सचिव रञ्जन अधिकारी र कोषाध्यक्ष गिरिधारी पोखरेल छन्।

सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचार–प्रसार तथा मल्टिमिडिया संयोजन समिति गठन गरिएको छ।

यसैगरी, कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा आर्थिक संकलन तथा जनवर्गीय संगठन समन्वय उपसमिति गठन गरेको छ।

उपाध्यक्ष बालकुमारी पौडेल ‘तारा’ को संयोजकत्वमा अतिथि निमन्त्रणा, सत्कार तथा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ।

कोषाध्यक्ष गिरीधारी पोखरेललाई सदस्यता नविकरण, मञ्च व्यवस्थापन तथा खाना, खाजा व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

प्रतिभा छनौट समिति गठन

बैठकले ‘प्रेस चौतारी पत्रकारिता सम्मान तथा पुरस्कार २०८१’ छनौटका लागि प्रतिभा छनौट समिति पनि गठन गरेको छ।

छनौट समितिमा शान्ति गुरुङ, केशव पाठक र केशवशरण लामिछाने छन्।
पदेन सदस्यहरुमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी रहनेछन्।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन्।

२०७९ बाट सुरू गरिएको पत्रकारिता सम्मान राजु भण्डारी, सावित्री खनाल, हुम तमु र मीना तमुलाई अर्पण गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए।

बधाई ज्ञापन

प्रेस चौतारी कास्कीले पत्रकार महासंघ गण्डकी र कास्कीको निर्वाचनमा विजयी भएका र नेपाल सरकारबाट नियुक्त भएकाहरूलाई बधाई ज्ञापन पनि गरेको छ।

सूचना आयुक्त दुर्गा भण्डारी, प्रेस काउन्सिल नेपाल सदस्य केशवशरण लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

यस्तै, नेपाल पत्रकार महासंघ गण्डकीको महासचिवमा निर्वाचित प्रेस चौतारीका केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख जमुना वर्षा शर्मा, सचिवमा निर्वाचित प्रेस चौतारी गण्डकीका उपाध्यक्ष रोशनी गुरूङ र सदस्यमा निर्वाचित विजय नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ।

पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधवप्रसाद बराल, उपाध्यक्षमा निर्वाचित केन्द्रीय सदस्य कञ्चन थापा कोइराला, कोषाध्यक्षमा निर्वाचित केन्द्रीय लेखा आयोग सदस्य राजाराम पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

यसैगरी, पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्यमा निर्वाचित उपाध्यक्ष बालकुमारी पौडेल (तारा) सहित सदस्यहरू राजु गिरी, पुनम थापा मगर, अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, तुलसीराम सुवेदी, रिखिराम जिसी, सुरेश सुनारलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ।

केन्द्रीय परिषद् सदस्यमा निर्वाचित केन्द्रीय सदस्य आरजु विष्ट सल्यानी, प्रदेश परिषद् सदस्यमा निर्वाचित सल्लाहकारहरु केशव पाठक र राम गुरुङसहित खिमाकुमारी गुरुङ, खेम सारूमगर, गणेशकुमार श्रेष्ठ, विष्णुप्रसाद सापकोटालाई बधाई र शुभकामना व्यक्त गरेको छ।