नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको छैटौं वार्षिक साधारणसभा भएको छ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले कार्यक्रमको एक समारोहबीच उद्घाटन गरे।
कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताए।
उनले समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको उनले बताए।
उनले यो पहिचान सदैव कायम हुनुपर्ने आवश्यकता औंल्याए।
एनटीभीए गण्डकीका अध्यक्ष दुुर्गादत्त दाहालले इम्बोष्ट नम्बरका नाममा हरियो प्लेटको पहिचान गुम्न दिन नहुनेमा जोड दिए।
एनटीभीए गण्डकीमा विभिन्न १२१ यातायात कम्पनीहरू आवद्ध रहेको र करिब ५५० सवारी साधनमा ४ अर्ब बराबरको लगानी रहेको उनले उल्लेख गरे।
उनकाअनुुसार पर्यटन यातायातका सवारी साधन संचालन भैरहँदा २ हजार ५ सय जना व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाए।
२० वर्षका सवारी साधनलाई विस्थापन गर्ने सरकारको निर्णय व्यवहारिक नभएको उनले बताए।
उनले यसले व्यवसायी मर्कामा परेको औंल्याए।
एनटभीए केन्द्रका अध्यक्ष बेदराज बास्तोलाले पर्यटन यातायात सेवा संचालनमा संभावनासँगै चुनौतीहरू पनि रहेको प्रतिक्रिया दिए।
समस्याको समाधानार्थ राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुने उनको सुझाव थियो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरियो प्लेटका सवारीसाधनले समग्र पर्यटनको स्तर बढाएको उल्लेख गरे।
यसको साख जोगाउनुपर्ने आवश्यकता उनले औंल्याए।
एनटीभीए गण्डकीका निवर्तमान अध्यक्ष वावुराम पाण्डेले पर्यटनमा दोस्रो ठूलो लगानी पर्यटन यातायातका क्षेत्रमा रहेको बताए।
सरकारले सवारीसाधन खरिदमा २४० प्रतिशत भन्सार शुल्कले व्यवसायीलाई मर्का परेको उनको टिप्पणी थियो।
एनटीभीए गण्डकीका अध्यक्ष दुुर्गादत्त दाहालको सभापतित्व एवं महासचिव विकास कंडेलले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यले धन्यवादसहित कार्यक्रमको समापन गरे।
पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङलगायतले बोलेका थिए।